+
+

डिजिटल मुद्रा ल्याउन कानुन संशोधन गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १४:३१

८ चैत, काठमाडौं । डिजिटल मुद्रा ल्याउन कानुन संशोधनको प्रस्ताव गरेको छ । प्रतिनिधि सभामा दर्ता भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा यस सम्बन्धी व्यवस्था छ ।

डिजिटल मुद्रालाई परिभाषा खण्डमै राखिएको छ । ‘डिजिटल मुद्रा भन्नाले राष्ट्र बैंकबाट जारी भएको डिजिटल मुद्रा सम्झनुपर्छ’ प्रस्तावित विधेयकमा छ ।

प्रचलित ऐनको परिच्छेद ७ मा बैंकिङ तथा वित्तीय कारोबार सञ्चालन सम्बन्धी व्यवस्था छ । यस परिच्छेद अन्तर्गत दफा ४९ मा बैंक तथा वित्तीय संस्थाले बैकिङ तथा वित्तीय कारोबार गर्न सक्ने सम्बन्धी व्यवस्था छ ।

यस दफामा थप व्यवस्था प्रस्ताव गर्दै विधेयकमा डिजिटल मुद्रा स्वीकार गर्ने तथा भुक्तानी दिने सम्बन्धी प्रावधान राखिएको छ । डिजिटल मुद्राको प्रयोग तथा प्रवर्द्धन गर्नका लागि यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।

अर्थमन्त्रालयका अनुसार विश्वका अन्य धेरै देशजस्तै नेपालले पनि डिजिटल मुद्रा ल्याउने तयारी गरेको छ । यसका लागि आवश्यक कानुनी व्यवस्था गर्न लागिएको हो ।

यसअघि नेपाल राष्ट्र बैंक डिजिटल मुद्राको सम्बन्धमा आन्तरिक अध्ययन गरिसकेको छ । यस अनुसार प्रस्तावित व्यवस्थालाई संसदले स्वीकार गरेको खण्डमा नेपालमा डिजिटल मुद्राको प्रयोगले वैधानिकता पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?