+
+

बैंक तथा वित्तीय संस्थामा १ प्रतिशतभन्दा बढी सेयर होल्ड भएमा ‘उल्लेख्य स्वामित्व’ हुने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १८:२१

८ चैत, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएमा ‘उल्लेख्य स्वामित्व’ हुने भएको छ ।

सरकारले संस्थामा प्रस्तुत गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्न बनेको विधेयकमा उक्त व्यवस्था गर्न प्रस्ताव गरेको हो ।

हाल ‘उल्लेख्य स्वामित्व’ भन्नाले कुनै व्यक्ति वा संस्थाले एक्लै वा अन्य व्यक्ति वा संस्थासँग मिली संयुक्त रुपमा कुनै बैंक वा वित्तीय संस्थाको चुक्ता पूँजीको २ प्रतिशत वा सोभन्दा बढी सेयर लिएको तथा सेयर स्वामित्वका कारण बैंक वा वित्तीय संस्थाको व्यवस्थापनमा प्रभाव पार्नसक्ने अवस्था सम्झनु पर्ने उल्लेख छ ।

तर, बाफिया संशोधन विधेयकमा भने १ प्रतिशतभन्दा बढी सेयर लिएको वा सेयर स्वामित्वका कारण बैंक वा वित्तीय संस्थाको व्यवस्थापनमा प्रभाव पार्न अवस्थालाई ‘उल्लेख्य स्वामित्व’ हुने परिभाषित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?