+
+
फ्राइडे रिलिज :

हलमा लाग्यो हलिउड फिल्म ‘अवतार-२’

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते ११:५८

काठमाडौं । बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ शुक्रबारदेखि रिलिज भएको छ । नेपालमा पनि यो फिल्म उच्च शोका साथ प्रदर्शनमा आएको छ । शुक्रबार अन्य कुनै पनि नेपाली तथा भारतीय फिल्म रिलिज भएनन् ।

‘अवतार-२’को अग्रिम टिकट बिक्री केही दिनअघिबाटै थालिएको थियो । अग्रिम टिकट बिक्री आक्रामक देखिएको फिल्मलाई देशका सबैजसो मल्टिप्लेक्सले उच्च शो दिएका छन् ।  फिल्मले नेपालमा एक करोड रुपैयाँ बढीको ओपिनङ गर्ने प्रक्षेपण गरिएको छ ।

विश्व प्रतीक्षित फिल्म ‘अवतार’को दोस्रो श्रृंखला १३ वर्षपछि विश्वव्यापी प्रदर्शनमा आएको हो । जेम्स क्यामरुन निर्देशित फिल्ममा साम वर्थिङ्टन, जोय साल्दानालगायतको प्रमुख भूमिका रहेको छ । फिल्मको लम्बाइ ३ घण्टा १० मिनेट लामो फिल्मले पृथ्वीबाट पाण्डोरा ग्रहमा पुगेको मानिस र त्यहाँका आदिवासीबीच हुने लडाइँको काल्पनिक कथा प्रस्तुत गर्छ ।

ठूला मल्टिप्लेक्समा नेपाली फिल्म महापुरुष, बलिउड फिल्महरु भेडिया, दृश्यम २ र उचाइ पनि प्रदर्शनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?