+
+

धरानका मेयर हर्क साम्पङले मागे कार्यपालिका सदस्यको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १४:३८

१ पुस, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।

करिब ४ महिनादेखि कार्यपालिका बैठक नियमित रुपमा बस्न नसकेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरुलाई राजीनामा दिन सुझाएका हुन् ।

१३ भदौमा बसेको कार्यपालिका बैठकमा मेयर साम्पाङ र वडाध्यक्षहरु बीच विवाद भएपछि रोकिएको कार्यपालिका बैठक त्यस यता बस्न सकेको छैन । उक्त बैठकमा कार्यपालिका सदस्य अनुप देवानले बैठकमा प्रस्तावित प्रस्तावमा फरक मत राख्दा मेयर साम्पाङले बोल्न रोक लगाउँदै बाहिर निस्केर जान भनेका थिए ।

कार्यपालिका सदस्यहरुलाई अपमान गरेको भन्दै वडाध्यक्षहरुले मेयरलाई आत्माआलोचना गरी बैठकलाई सुचारु गर्न माग गरेका थिए । तर मेयर साम्पाङले कुनैपनि हालत माफी माग्दिन भनेपछि कार्यपालिका बैठक बस्न  नसकेको छैन ।

कार्यपालिका बैठक बस्न नसक्नुमा धरान विकास विरोधी वडाध्यक्षहरु भएको भन्दै बारम्बार सामाजिक सञ्जालमा लेखेका साम्पाङले आज पत्रकार सम्मेलन गरी आफूले भनेको नमान्ने भए राजनीमा दिए हुन्छ भन्ने तर्क गरेका हुन् ।

उनले आफ्नो कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै आफूलाई विकास गर्न अफ्ठयारो पार्ने कार्यपालिका सदस्यहरु नचाहिने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?