+
+

‘वैकल्पिक शक्ति’ बनाउन चाहनेहरुको जमघट, रास्वपाबारे चासो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १९:१२

१ पुस, काठमाडौं । मूलधारका आम पार्टीभन्दा ‘वैकल्पिक शक्ति’ निर्माण गर्न चाहनेहरुको जमघट भएको छ ।

सात वटै प्रदेशको प्रतिनिधित्व गर्दै आएका १ सय १० जनाले शुक्रबार काठमाडौंको रानीवनमा वैकल्पिक शक्ति निर्माणबारे छलफल गरेका हुन् ।

भेलामा बाबुराम वैकल्पिक शक्तिका लागि भन्दै भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीसँग जोडिएकाहरुको बाहुल्यता थियो ।

भेलामा सहभागी हुनेहरुमध्ये डम्बर खतिवडा, प्रशान्त सिंह, मदन राईंलगायत भट्टराईले जनता समाजवादी छोड्ने बेलासम्म सँगै थिए ।

तत्काललाई अभियान मात्रै

हालै सम्पन्न आम चुनावबाट नयाँ दलसमेत उदाएको अवस्थामा भएको जमघटमा ‘वैकल्पिक धार’लाई कसरी संगठित गर्ने भन्नेबारे छलफल भएको थियो ।

‘वैकल्पिक धारलाई कसरी संगठित गर्ने भन्नेबारे बहसमा छौं,’ छलफल आयोजकमध्येका डम्बर खतिवडाले भने, ‘अधिकांश साथीहरुले प्रगतिशतल र नयाँ लोकतान्त्रिक पार्टी चाहिन्छ भन्ने धारणा राख्नु भयो।’

छलफल भोलि पनि चल्नेछ। खतिवडाले अहिले नै नयाँ पार्टी बनाउनेभन्दा पनि यसलाई तत्काल अभियानको रुपमा लैजाने बताए।

‘अहिले कुनै पार्टी बनाउँदैनौं,’ उनले भने, ‘नाम पनि जुरेकोको छैन, अभियानको नामबारे भोलि टुंग्याउँछौं ।’

राष्ट्रिय स्वतन्त्र पार्टीबारे चासो

छलफलमा चुनावबाट नयाँ दलका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीबारे समेत छलफल चलेको थियो ।

खतिवडाका अनुसार घण्टी चिह्नमा यसपाली धेरै मत पार्न सकेको रास्वपाले के गर्ला भन्नेबारे चसो थियो । छलफलमा सहभागीहरुले रास्वपा ठूला दलहरुप्रति भएको अन्तुष्टिको अभिव्यक्तिको एउटा रुप भएको बताएका थिए ।

रास्वपा वैकल्पिक शक्ति बन्न सक्दैन भन्ने प्रश्नेमा खतिवडाले भने, ‘अहिलेसम्म हामी उनीहरुबाट त्यति विश्वस्त छैनौं । त्यस्तो विश्वास मान्छेहरुमा पनि देखिदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?