+
+
Shares

उत्पादनमूलक उद्योग खोल्न जरुरी छ : प्रदीप पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २ गते १२:०१

२ पुस,काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं-५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले देशमा उत्पादनमूलक उद्योगहरु खोल्न जरुरी रहेको बतएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका हुन्।

उनले आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको स्पष्ट पारे। उनले निर्यातमुखी अर्थतन्त्र विकास भए रोजगारीको अवसर सिर्जना हुने बताए ।

नेता पौडेलले आफ्नो विजयीलाई एउटा अवसरको रुपमा लिएको भन्दै आगामी दिनमा जनतासँग

गरेका प्रतिबद्धताहरू पूरा गर्ने बताए । उनले मत प्राप्त गरे पनि अब आम नागरिकको मन जित्न जरुरी रहेको बताए ।

नेता पौडेलले अबको पाँच वर्षमा राजनीतिक व्यथितिको अन्त्य गर्ने, स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाता पूरा गर्ने प्रतिबद्धता जनाए।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?