+
+

लोक दोहोरी प्रतिष्ठान गुल्मीको अध्यक्षमा भट्टराई चयन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते ९:५२

३ पुस, गुल्मी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीको अध्यक्षमा शिलु भट्टराई चयन भएकी छन् ।

प्रतिष्ठान गुल्मीको सातौंं जिल्ला अधिवेशनबाट भट्टराईको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ ।

जिल्ला सदरमुकाम तम्घासमा शनिबार राति सम्पन्न अधिवेशनले आगामी २ वर्षको लागि नेतृत्व चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा मोहन बस्नेत, द्धितीय उपाध्यक्षमा श्रीधर पोखरेल, महिला उपाध्यक्षमा धनमाया राना, सचिव गणेश अधिकारी, सह-सचिव अनिल खत्री, कोषाध्यक्ष, लोकेन्द्र कुँवर, सह-कोषाध्यक्ष कमल कंडेल चयन भएको प्रतिष्ठान गुल्मीका पूर्वअध्यक्ष जनक पन्थले बताए ।

अधिवेशनले खेलकुद बिभाग संयोजक सन्दीप जिसी, सांस्कृतिक संयोजक लालुमाया कुँँवर प्रवक्ता सदस्य धनेन्द्र कुँवर रहेका छन् । शनिबार सम्पन्न अधिवेशनको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले उदघाटन गरेका थिए ।

अधिवेशनको अवसरमा कलाकारहरु पुस्कल शर्मा, नारायण बिपी परियार, गणेश अधिकारी, उज्वल गिरी, रितु थापा, लालुमाया कँुवरलगायत आधा दर्जन बढी कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?