+
+

सडकको भ्वाङ पुरेपछि तनहुँमा पृथ्वी राजमार्ग खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १४:१२

३ पुस, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानीखोलाको पुल भाँसिदा अवरुद्ध सडक सञ्चालनमा आएको छ ।

आइतबार बिहान १० बजेदेखि अवरुद्ध सडक साढे एक बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।

उनका अनुसार सडक निर्माणको क्रममा पुल भासिदा दुईतर्फी सवारी आवागमन बन्द भएको थियो । सवारी आवागमन रोकिदा सवारीसाधन रोकिएका थिए ।

पृथ्वी राजमार्ग भएर सञ्चालन हुने केही सवारी साधनले वैकल्पिक मार्गको प्रयोग समेत गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?