+
+

समयमै बजेट नल्याउने ८ स्थानीय तहलाई संघीय सरकारको ताकेता

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १७:४०
प्रतीकात्मक तस्वीर

३ पुस, काठमाडौं । चालु आर्थिक वर्ष (आव) को ५ महिना पुरा हुँदासम्म पनि बजेट ल्याउन नसक्ने ५ स्थानीय तहलाई संघीय सरकारले ताकेता गरेको छ ।

नेपालको संविधान, स्थानीय तहलाई प्राप्त अधिकार र प्रचलित कानुनको पूर्ण पालना गरी जनतालाई प्रदान गरिने सेवा प्रवाह गर्न/गराउन संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।

चालु आवमा सिराहाका औरही गाउँपालिका र कर्जन्हा नगरपालिका, धनुषाको नगराइन नगरपालिका र कमला नगरपालिका, सर्लाहीको विष्णु गाउँपालिका र बौधीमाई नगरपालिका, रौतहटको यमुनामाई गाउँपालिका र बाँकेको डडुवा गाउँपालिकाले अहिलेसम्म चालु आवको बजेट ल्याउन सकेका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँ/नगरसभाले असार मसान्तसम्म आगामी आवको बजेट पारित गरिसक्नु पर्छ ।

बजेट पारित गरी त्यसको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा प्रविष्ट समेत गर्नुपर्छ ।

बजेट पास नहँदा स्थानीय तह मार्फत जनतालाई प्रदान गरिने सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासनका काम प्रभावित भएको गुनासो मन्त्रालयमा आएको समेत सूचनामा उल्लेख गरिने छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत नियमनकारी निकायबाट समेत यसबारे तोकेता भएको भन्दै मन्त्रालयले स्थानीय तहहरुलाई सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?