+
+

एन्ड्रोइड फोनमा कसरी सेयर गर्ने गुगल फोटो र भिडियो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १४:३१

गुगल फोटोज विश्वमा सबैभन्दा धेरै प्रयोग गरिनेमध्ये एक फोटो तथा भिडियो ब्याकअप सर्भिस हो । एन्ड्रोइड स्मार्टफोनको लोकप्रियतासँगै गुगल फोटोजको उपयोगिता पनि बढेको छ । गुगल फोटोजले प्रयोगकर्तालाई उनीहरुको स्मार्टफोन र ट्याबलेटमा फोटो तथा भिडियो ब्याकअप गर्न र गुगल अकाउन्ट साइन इन गरिएका अन्य डिभाइसमा समेत हेर्न सकिने सुविधा प्रदान गर्छ ।

साथै गुगलले प्रयोगकर्तालाई उनीहरुको तस्वीर तथा भिडियोहरु अन्य गुगल प्रयोगकर्तासँग सेयर गर्न समेत अनुमति दिन्छ भने पब्लिक लिंकको सहायताले गुगल अकाउन्ट नभएका मानिससँग पनि गुगल फोटोज सेयर गर्न सकिन्छ ।

इन्टरनेटमा भएका जो कोहीसँग गुगल फोटोज कसरी सेयर गर्ने ?

   – आफ्नो स्मार्टफोन तथा ट्याबलेटमा गुगल फोटोज एक खोल्नुहोस्

   – त्यसपछि आफूले सेयर गर्न चाहेको फोटो वा भिडियो खोजेर त्यसलाई छान्नका लागि tap र drag गर्नुहोस् ।

   – त्यसपछि Share आइकनमा ट्याप गर्नुहोस् र Create Link अप्सन हेर्नुहोस्

  – त्यसपछि ह्वाट्सएप तथा जिमेल जस्ता एप खोल्नुहोस् र माथि सिर्जना भएको लिंक सेयर गर्नका लागि paste गर्नुहोस् ।

आफ्ना गुगल फोटोजका सामग्री लिंकबाट सेयर गर्न सहज भए पनि त्यो सबैभन्दा गोपनीय विधि चाहिं होइन । किनकि जो कोहीले पनि उक्त लिंकबाट फोटो तथा भिडियोमा पहुँच प्राप्त गर्न सक्छ । यदि तपाईंले आफ्ना फोटो सेयर गर्ने बढी गोप्य विधि चाहनुहुन्छ भने गुगल फोटोज एपमा रहेको मेसेजिङ सर्भिस वा सेयर्ड एल्बमको प्रयोग गर्न सक्नुहुन्छ । साथै सँगै वा नजिकै रहेको मानिससँग गुगल फोटोजमा रहेका ठूलो आकारका भिडियो तथा तस्वीरहरु सेयर गर्नका लागि ल्भबचदथ क्जबचभ उपयुक्त हुन्छ ।

Nearby Share बाट कसरी गुगल फोटो सेयर गर्ने ?

–  स्मार्टफोन वा ट्याबलेटमा Google Photos एप खोल्नुहोस्

–  Sharing मा ट्याप गरेर Create Shared album अप्सन छान्नुहोस्

–  त्यसपछि एल्बमको शीर्षक लेख्नुहोस् र Select photos मा ट्याप गरेर इमेज र भिडियोहरु छान्नुहोस्

–  शेयर गर्न चाहेका फोटो तथा भिडियोहरु छानिसकेपछि Share अप्सनमा ट्याप गर्नुहोस्

–  त्यसपछि गुगल फोटोज एपभित्र सेयर गर्न चाहेका गुगल अकाउन्टहरु छान्नुहोस् । त्यसो गरिसकेपछि तपाईंले सेयर गरेको एल्बम सम्बन्धित व्यक्तिले आफ्नो गुगल फोटोज एपभित्र देख्न सक्छन् ।

गुगल फोटोजभित्रको मेसेजबाट कसरी सामग्री सेयर गर्ने ?

–  स्मार्टफोन तथा ट्याबलेटमा गुगल फोटोज एप खोल्ने

–  सेयर गर्ने फोटो तथा भिडियो छान्नका लागि tap तथा drag गर्नुहोस्

–  त्यसपछि देखिने share बटन छान्नुहोस्

–  Send in Google Photos खण्डमा जानुहोस् । त्यहाँ तपाईंले गुगल फोटोजका फोटो तथा भिडियो सेयर गर्ने व्यक्तिहरु छान्न सक्नुहुन्छ ।

Nearby Share बाट कसरी गुगल फोटो सेयर गर्ने ?

यो केवल एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्रै उपलब्ध छ ।

–   एन्ड्रोइड स्मार्टफोनमा गुगल फोटोज एप खोल्नुहोस्

–  सेयर गरिने फोटो तथा भिडियोहरु छान्नका लागि ट्याप गर्नुहोस्

–  त्यसपछि देखिने Share बटन छान्नुहोस्

 -Nearby Share अप्सनमा ट्याप गरी फोटो सेयर गर्न चाहेका प्रयोगकर्ता छान्नुहोस् ।

–  प्रापकले पनि आफ्नो गुगल फोटोजको सेटिंग्समा गएर Nearby Share enable गर्नुपर्छ ।

–  प्रेषकले फोटो तथा भिडियो पठाएपछि प्रापकले Accept अप्सनमा ट्याप गर्नुपर्छ । त्यसो गरिसकेपछि फोटो तथा भिडियो सेयर हुन सुरु हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?