+
+

‘अवतार २’ले नेपालमा कमायो २ करोड ४३ लाख ग्रस, विश्वभर ४०० मिलियन डलरको ओपनिङ प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १४:५३

काठमाडौं । जेम्स क्यामरुन निर्देशित हलिउड साइन्स फिक्सन ‘अवतार : द वे अफ वाटर’ले नेपाली बक्स अफिसमा आक्रामक कमाइ गरेको छ ।

डिज्नेको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टका अनुसार फिल्मले प्रदर्शनको दुई दिनमा २ करोड ४३ लाख रुपैयाँ ग्रस कमाइ गर्‍यो । शुक्रबार १ करोड १० लाख ओपनिङ गरेको फिल्मले शनिबार १ करोड ३० लाख कमाइ गर्‍यो ।

मुलुकका ५० पर्दाबाट रिलिज भएको फिल्मले आज (आइतबार) ५० देखि ७० लाखबीच कमाइ गर्नसक्ने प्रक्षेपण गरिएको छ । सुरुवाती दुई दिनमा देशभरका मल्टिप्लेक्स खचाखच रहे ।

‘अवतार २’को उक्त कमाइमा काठमाडौं उपत्यकाको हिस्सा ७५ प्रतिशत र बाँकी उपत्यका बाहिरका हलको छ । बलियो वर्ड अफ माउथका कारण फिल्मले विकडेजमा राम्रो पिकअप लिने सम्भावना छ ।

विश्वभर ४०० मिलियन डलर ओपनिङ प्रक्षेपण

शुक्रबार मात्रै विश्वभर १८० मिलियन डलरको ओपनिङ गरेको फिल्मले सप्ताहन्त अर्थात् शुक्रबार, शनिबार र आइतबार विश्वभरबाट ४०० मिलियन डलर कमाउने प्रक्षेपण गरिएको छ ।

उत्तर अमेरिकामा शुक्रबार फिल्मले ५३ मिलियन डलर कमाउँदा भारतमा फिल्मले ४१ करोड भारु कमाएको जनाइएको छ । भारतमा ‘एभेन्जर्स : एण्ड गेम’पछि दोस्रो सर्वाधिक कमाउने फिल्मको कीर्तिमान यसले रचेको छ ।

शुक्रबार फिल्मले चीनमा २३.५ मिलियन डलर, दक्षिण कोरियामा ९.८ मिलियन, फ्रान्समा ९.५ मिलियन, जर्मनीमा ८.५ मिलियन, भारतमा ५.९ मिलियन, मेक्सिकोमा ५.९ मिलियन, अष्ट्रेलियामा ५.४, बेलायतमा ४.५, इटालीमा ४.५ र ब्राजिलमा ३.७ मिलियन डलर कमाएको डेडलाइन हलिउड म्यागजिनले जनाएको छ ।

१३ वर्षपछि रिलिज भएको ‘अवतार’को यो दोस्रो श्रृंखलालाई लिएर विश्वभर व्यापक पर्खाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?