+
+

पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएका छौँ : पशुपति शमशेर

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १६:०८

४ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको बताएका छन् ।

सोमवार पार्टीको केन्द्रिय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य जबराले राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको बताएका हुन् ।

उनले देशलाई अहिलेकै ढंगमा चलाएर अगाडी बढाउन नसकिने बताए । ठुला पार्टीहरुसँग काम गर्ने शक्ति पनि नभएको उनले बताए ।उनले राप्रपाले मुलुकलाई सञ्चालन गर्ने क्षमता संसदबाट देखाउने बताए ।

उनले भने, ‘नेपाल अहिलेको ढंगबाट चलेर अगाडी बढाउन सक्दैन । नेपाललाई जुन मौका अहिले हासिल छ त्यो मौका अनुसार ठूला पार्टीबाट काम गर्ने शक्ति उनीहरुसित छैन । त्यो शक्ति नयाँ शक्ति परम्परा र पुरानो विश्वाससहित एउटा नयाँ नयाँ तरिकाबाट मुलुकलाई सञ्चालन गर्ने त्यो क्षमता संसदबाट देखाउन अब राप्रपा अगाडी बढ्छ ।’

जबराले अन्य राजनीतिक पार्टीले भन्दा राप्रपाले धेरै काम गर्न सक्ने बताए । उनले आफूहरुले भोलिको नेपाल कस्तो हुनसक्छ भन्नेकुरा संसदमा प्रदर्शन गरेर देखाउने बताए। उनले भने, ‘राप्रपा पुरानो विचार मात्र होइन । राप्रपा नयाँ जोश, नयाँ उत्साहसाथ संसदमा गएको छ । अहिले मुलुकवादको तर्फबाट, नेपाल राष्ट्रको तर्फबाट संसदमा पुराना पार्टीहरुलाई खबरदार गर्न राप्रपा आएको छ । त्यो खबरदार मामुली ढंगको हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?