+
+

रामबाबु गुरुङको फिल्म ‘फूलबारी’ टिजर : अभिभावक र सन्तानबीचको सम्बन्धको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १७:२६

काठमाडौं । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्देशित आगामी फिल्म ‘फूलबारी’को टिजर सार्वजनिक भएको छ । विपिन कार्की र अरुणा कार्कीको मुख्य भूमिका रहेको फिल्मले दम्पतीबीच सम्बन्धमा प्रेमसँगै आउने असमझदारी र मनमुटावको कथा भन्छ ।

वयोवृद्ध उमेरको भूमिकामा देखिएका विपिनको अपोजिटमा अरुणा छिन् । यी दुईबीचको कथामा प्रियंका कार्की, गौमाया गुरुङ, दयाहाङ राई, शिल्पा मास्के, सोमनाथ खनाल र अनुपम शर्मा पनि चित्रित छन् ।

उपेन्द्र सुब्बाको पटकथा र किशोर मलपानीको कथा रहेको फिल्मले अभिभावक र सन्तानबीचको सम्बन्धको कथा पेस गर्छ । अमेरिकी छायांकार जोश हेरमको क्यामेरा रहेको फिल्म फागुन ५ गतेदेखि प्रदर्शन हुँदैछ ।

कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको फिल्म यशोधा फिल्म्सको ब्यानरमा निर्माण भएको हो । रामबाबुले धेरैपछि आफ्नो ब्यानरबाट बाहिरको प्रोजेक्टको रुपमा फूलबारी निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?