+
+

बारामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १७:५७

४ पुस, वीरगञ्ज । बाराको निजगढमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बाराको निजगढ नगरपालिका-१ सिंगौल बस्ने ४७ वर्षीय भोला प्रसाद तिमल्सिनाको मृत्यु भएको वडा प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्जिव ओलीले जानकारी दिए ।

उनी चढेको ना ३४ प ८३३१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना ६ ख २२६१ नम्बरको ट्रकमा निजगढ नगरपालिका वडा नं १ धन्सार पुल नजिकै ठोक्किएर दिउँसो दुर्घटना भएको थियो ।

दुर्घटनामा ज्यान गुमाएका भोलाको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । यसअघि गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?