+
+

चिकित्सक संघको अध्यक्षमा ३ जनाको उम्मेदवारी

रासस रासस
२०७९ पुष ४ गते २०:१७

४ पुस, काठमाडौं । बिरामीको सेवामा सधैँ तत्पर रहने चिकित्सकलाई यतिबेला चुनाव लागेको छ ।

नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ । आज विभिन्न पदमा ४१ जनाको उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले जानकारी दिए ।

उनका अनुसार अध्यक्षमा डा सन्तोष पौडेल, डा शिवजीविक्रम सिलवाल र डा अनिलविक्रम कार्की तथा महासचिवमा डा सञ्जीव तिवारी, डा रक्षा श्रेष्ठ र डा अमृत भुसालको उम्मेदवारी परेको छ ।

एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, प्रत्येक प्रदेशबाट एक एक जनाको दरले सातजना उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक र छजना सदस्य गरी १९ जनाको पदाधिकारीको निर्वाचन हुँदैछ । त्यसैगरी सङ्घ परिषद् सदस्य ६० जनाको समेत निर्वाचन हुँदैछ ।

उनका अनुसार वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सहसचिव र सहकोषाध्यक्षमा एकजना मात्र उम्मेदवारको मनोनयन परेको छ ।

उपत्यकाबाहिर माघ ६ र ७ गते र काठमाडौँ उपत्यकामा माघ १९, २० र २१ गते निर्वाचन हुँदैछ । चिकित्सकको समय व्यवस्थापन गर्नका लागि उपत्यकाबाहिर दुई दिन र उपत्यकामा तीन दिन निर्वाचनको मिति तय गरिएको उनले बताए ।

निर्वाचनमा मतदाता १२ हजार आठ सय ३४ जना रहेका छन् । उपत्यकाबाहिर मतपत्र र उपत्यकामा विद्युतीय मतदान गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत डा. रानामगरले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?