+
+

अब साढे ३ बजेपछि मात्र राहदानीको ‘अपोइन्टमेन्ट डेट’

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते ६:४५

५ पुस, काठमाडौँ । राहदानी बनाउन आवेदन दिँदा सेवाग्राहीले राहदानी विभागबाट लिनुपर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन गरिएको छ । राहदानी विभागले सोमबार एक सूचना जारी गर्दै यस्तो समय परिवर्तन भएको जानकारी गराएको हो ।

विभागले गत साउन १७ गतेदेखि दैनिक बिहान ११ बजे राहदानी आवेदनका लागि अपोइन्टमेन्ट डेटको बुकिङ खोल्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । तर अब पुस ५ गतेदेखि लागू हुनेगरी अपराह्न साढे ३ बजेदेखि मात्र अपोइन्टमेन्ट डेट खोल्ने विभागले जनाएको छ ।

अपोइन्टमेन्ट डेट लिनका लागि एकै समयमा धेरै सेवाग्राहीबाट माग भइआएको र यसले सर्भरमा चाप देखिएका कारण यस्तो समय परिवर्तन गरिएको पनि विभागले जनाएको छ । ‘प्रायःजसो जिल्ला र इलाका प्रशासन कार्यालयहरूले पनि सोही समयमा बुकिङ खोल्ने गरेको विभागमा जानकारी प्राप्त हुन आएको छ । जसकारण विभागको सर्भरमा अत्यधिक चाप पर्न गई वेबसाइटको पेज खुल्न समय लाग्ने र हाई ट्राफिक भोलुम भन्ने म्यासेज देखाउने गरेको छ’, विभागले सोमबार जारी गरेको सूचनामा भनिएको छ ।

राहदानी लिनका लागि फाराम भरी अनलाइनबाट मिति र समय बुक गर्नुपर्छ । बुकिङ गरेको मिति र समयभन्दा अगाडि आएर लाइन बसेकै आधारमा विभागले सेवा दिँदैन । त्यसकारण आफ्नो बुकिङको दिन तोकिएको समयमा मात्र आउनुपर्ने व्यवस्था रहेको छ ।

यसरी अपोइन्टमेन्ट बुक गर्नका लागि बिहान कार्यालय समयपछि विभागका सर्भरमा बढी चाप पर्ने गरेको थियो । अपराह्न साढे ३ बजेपछि अपोइन्टमेन्ट डेट लिने व्यवस्था कार्यान्वयन गर्दा सर्भरमा समस्या कम हुने विभागले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?