+
+

गगन-शेखर समूहको एम्बास्डर होटलको छलफल सकियो, बसेरामा पुन: बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते ११:४९
फाइल तस्वीर

५ पुस, काठमाडौं । संसदीय दलको नेताको निर्वाचनमा साझा उम्मेदवार तय गर्ने विषयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइराला पक्षबीच अझै समझदारी जुटेको छैन । लाजिम्पाटस्थित होटल एम्बास्डरमा बिहान साढे ८ बजेदेखि बसेको बैठक टुंगोमा पुगेन ।

कोइराला र थापाबीच होटल बसेरामा पुनः छलफल गर्ने भन्दै नेताहरु होटल एम्बास्डरबाट बाहिरिएका छन् ।

बैठकपछि कांग्रेस नेता अर्जुननरसिंह केसीले आफूहरुको समूहबाट दुई जनाको उम्मेदवारी दर्ता नहुने बताए ।

कांग्रेसको संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ । मनोनयन दर्ताको समय अगाडि नै समझदारीमा पुग्ने प्रयासमा थापा र कोइराला पक्षका नेताहरु छन् ।

थापा र कोइराला पक्षबीच सोमबार पनि छलफल भएको थियो । तर टुंगोमा पुग्न नसकेपछि आज पनि छलफल भएको हो । होटल एम्बास्डरको छलफलमा थापा र कोइरालासँगै सञ्जय गौतम र रामनाथ अधिकारीसमेत सहभागी थिए ।

थापाले निर्वाचन अगाडि नै प्रधानमन्त्री बन्ने बताएका थिए । निर्वाचनलगत्तै उनले संसदीय दलको निर्वाचनको तयारी थालेका थिए । तर कोइरालाले पनि दलको नेताको आकांक्षा देखाउँदै आफूलाई सघाउन थापालाई आग्रह गरेपछि उनीहरुबीच समझदारी जुट्न सकेको छैन ।

संसदीय दलको नेता पार्टीको तर्फबाट प्रधानमन्त्री बन्ने भएकाले कांग्रेस नेताहरु रस्साकस्सीमा छन् । देउवा समूहबाट पार्टी सभापति एवम् हालका प्रधानमन्त्री शेरबहादुर देउवा आफैं दलको नेताको उम्मेदवार बन्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?