+
+

‘तिम्रो मेरो साथ’को ट्रेलर : साम्राज्ञी र पुष्पको रोमान्समा धोकाको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १५:२०

काठमाडौं । साम्राज्ञी शाह र पुष्पा खड्काको अभिनय रहेको फिल्म ‘तिम्रो मेरो साथ’को ट्रेलरको केन्द्रमा ‘उतारचढावपूर्ण सम्बन्ध’ छ । तीन मिनेटको ट्रेलरमा रोमान्स, ड्रामा, थ्रीलर, बदला र नाटक सबथोक छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा निर्माताले ट्रेलर सार्वजनिक गरे । पछिल्लो समय रिलेसनसिपमाथि धमाधम फिल्म बनिरहेका छन्, ‘तिम्रो मेरो साथ’ यस्तै एउटा कथा हो जसले वर्तमान समय बाँचिरहेका चरित्रहरु किन खुशि छैनन् भन्ने उदाहरण पेश गर्छ ।

पुष्प र साम्राज्ञीको रोमान्सबाट सुरु हुने ट्रेलर यी दुई पात्रको रोमान्स टुंगिएसँगै अन्त्य हुन्छ । बीचमा त्रिकोणात्मक प्रेमकथा, प्रेममा हुने बदला र धोकाको प्लट बुनिएको छ । सहरिया मध्यमवर्गको सम्बन्ध सरल छैन भन्ने थिम यसले पेश गर्छ ।

यसअघि ‘मारुनी’जस्तो गम्भीर सामाजिक कथामा सहकार्य गरेका पुष्प र साम्राज्ञीले यो मूलधारको प्रेमकथामा दोस्रोपटक सहकार्य गरेका छन् । ट्रेलरमा सन्दीप क्षेत्री, एमिली लामा, सरोज खनाललाई पनि हामीले देख्न सक्छौं ।

अर्नव पौडेल, आर्यन पौडेल र पासाङ लामा निर्माता रहेको फिल्मलाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय प्रोजेक्ट हो । निर्देशक समेत रहेका पौडेल निर्माता समेत हुन् ।

कार्यकारी निर्माता र पटकथा लेखकको रुपमा सबिर श्रेष्ठ छन् । यो फिल्म पुस २९ गते प्रदर्शन तयारीमा छ । हेर्नूस ट्रेलर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?