+
+

अफेयरको चर्चाबीच एयरपोर्टमा सँगै देखिए ‘भ्वाइस अफ नेपाल’का रिहान गिरी र वर्षा इटानी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १७:२१

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को प्रतिस्पर्धाबाट बाहिरिएपनि रिहान गिरी र वर्षा इटानीलाई ‘सम्बन्ध’को प्रश्नले पछ्याउन छाडेको छैन । यी दुवै जना मंगलबार दिउँसो एयरपोर्टमा एकसाथ देखिए ।

विमानस्थलमा पुगेका यी दुईलाई मिडियाले ‘रिलेसनसिप’बारे प्रश्न गरे । तर उनीहरुले आफूहरु मिल्ने साथी मात्र भएको भन्दै प्रश्नलाई पन्छाए । खासमा आगामी शुक्रबार हुने भ्वाइसको ग्राण्ड फिनालेमा सहभागी हुन रिहानकी आमा र बहिनी काठमाडौं आइपुगेका थिए ।

उनीहरुलाई स्वागत गर्न रिहानसँगै वर्षा पनि एयरपोर्ट पुगेकी थिइन् । उक्त अवसरमा मिडियाले रिहानलाई नेपाली केटी विवाह गर्छु भनेर दिएको हालैका अन्तर्वार्ताबारे जिज्ञासा राखेका थिए ।

रिहानकी आमा गीताले पनि छोराले नेपाली बुहारी बनाएमा आफूलाई खुसी र गर्व महसुस हुने बताइन् । वर्षा र रिहानतर्फ हेर्दै उनले भनिन्, ‘दुवैको चाहना भए मेरो तर्फबाट ओके । छोराको चाहना मेरै खुसी हो ।’

वर्षाले पनि रिहानकी आमालाई भेट्न आफू उत्साहित र खुसी भएको बताइन् । गीताले छोरा रिहानको गायकीको प्रशंसा समेत गरिन् । ‘खासमा रिहान अरु नै कामको लागि नेपाल आएको हो । विधाताले लेखेकै भएर उनी भ्वाइसमा भेटिए । मेरो छोराले निकै सम्मान पाएको छ,’ उनले भनिन् ।

उनले आफ्नो छोरा वास्तविक कलाकार भएको समेत बताइन् । बीस वर्षपछि नेपाल आएकी उनले रिहानसँगै नेपालका तीर्थस्थल घुम्ने चाहना व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?