+
+

कैलालीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, पूर्व–पश्चिम राजमार्ग बन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते ९:३९

६ पुस, धनगढी । कैलालीमा टिपरले अटो रिक्सालाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरमा बुधबार बिहान सुदूरपश्चिम प्र ०१००१ क २०२० नम्बरको टिप्परले सुदूरपश्चिम प्र ०१००१ ह ४९१८ को अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अटोमा सवार गोदावरी नगरपालिका–७ का ४ वर्षीय बालक भरत ठकुल्ला रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । ठकुल्लाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको हो ।

दुर्घटनामा उनकी आमा घाइते छिन् । उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । अटो चालक २८ वर्षीय मोहन बोहरा सामान्य घाइते छन् ।

टिपर चालक धनगढी उपमहानगरपालिका–७ बस्ने ४२ वर्षीय प्रदीप चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् । गोदावरी–७ को हरैयामा राजमार्ग अवरुद्ध गरेपछि सवारीसाधन चल्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?