+
+

शकुन्तला विश्वासले भनिन् : ढिलै भए पनि शोभराजले न्याय पाए, खुशी छु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १८:५५
सकुन्तला विश्वास र उनकी छोरी निहिता विश्वास ।

६ पुस, काठमाडौं । कानुन व्यवसायी शकुन्तला विश्वासले विकिनी किलरका रुपमा कुख्यात चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेशले आफूलाई खुशी बनाएको बताएकी छन् ।

अनलाइनखबरसँग कुराकानी गर्दै विश्वासले आफूहरुले लामो समयदेखि लडिरहेको लडाइँ सफल भएको बताइन् । ‘यो आदेशका लागि हामीले लामो समयदेखि लडाइँ गरिरहेका थियौं, अहिलेसम्म सबै नेपालीलाई विना भेदभाव छाडिरहेको थियो’ उनले भनिन्, ‘तर, उहाँलाई छाडेको थिएन । अन्याय भइरहेको थियो ।’

ढिलै भए पनि अदालतले चार्ल्सको पक्षमा आदेश दिएको बताउँदै विश्वासले खुशी व्यक्त गरिन् । शोभराजले उनकी छोरी निहितासँग कारागारमै विवाह गरेकी थिइन् ।

केन्द्रीय कारागारका जेलर डोलेन्द्र निरौलाले भने कारागारसम्म उनलाई छाड्ने पत्र आइनसकेको बताए । उनले भने, ‘आदेश भएको सुनेको छु, पत्र आएपछि छाड्छौं ।’

न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार शोभराजलाई छाड्न आदेश दिएको छ । शोभराजले आफ्ना कानुन व्यवसायीमार्फत पटकपटक सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिइरहेका थिए । त्यसमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले पाउनुपर्ने कैद छुटको सुविधा दिन माग गर्ने गरेका थिए ।

शोभराजलाई जिल्ला अदालत भक्तपुरले २८ मंसिर २०३२ मा भएको अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि भएको क्यानडियन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?