+
+

दलको नेता चयनअघि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ७ गते १४:०५

७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक दिउँसो ३ बजे बोलाएको छ ।

संसदीय दलको नेता चयन गर्नुअघि माओवादीले पदाधिकारी बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार पार्टी कार्यालय पेरिसडाडाँमा बस्ने पदाधिकारी बैठकमा दलको नेता, उपनेता, प्रमुख सचेतकलगायत चयनगर्नेबारे छलफल हुने उनले बताए ।

दलको नेता चुन्न माओवादीले दिउँसो ४ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाएको छ ।

दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?