+
+

जेलरलाई शोभराजको आग्रह : मिडियालाई मेरो फोटो खिच्न नदिनू

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १२:१३

८ पुस, काठमाडौं । सिरियल किलर चार्ल्स शोभराजले आफूलाई मिडियाबाट टाढै राखिदिन केन्द्रीय कारागार प्रशासनलाई आग्रह गरेका छन् । फोटो पनि खिच्न नदिने र मिडियासँग कुराकानी पनि नगर्ने भन्दै उनले त्यसको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।

उनलाई कारागार प्रशासनले आज अध्यागमन विभागमा उपस्थित गराउँदैछ । अध्यागमनले पासपोर्ट लगायतका कागजपत्र हेरेर उनकै देश फ्रान्स फर्काउने तयारी गरेको छ ।

नेपालमा १९ वर्षदेखि जेल सजाय भोगिरहेका शोभराजलाई गत बुधबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । साथै १५ दिनभित्र स्वदेश फर्काउन आदेश दिएको थियो ।

तर शोभराजले फ्रान्सबाट आएका आफन्तहरु हायत होटेलमा रहेकाले आफूलाई केही दिन त्यहीँ बस्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

शोभराज सन् १९६३ देखि १९७६ को अवधिमा थाइल्याण्ड, पाकिस्तान, भारत, मलेसिया, फ्रान्स, अफगानिस्तान, टर्की र ग्रिसमा श्रृंखलाबद्ध हत्या गरेर फरार व्यक्ति थिए । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले ग्रिन कर्नर नोटिस जारी गरेको थियो ।

शोभराजले २१ डिसेम्बर १९७५ मा नेपालको भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियर र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामका युवतीको हत्या गरेको बताइन्छ । तर, उनले चाहिँ भक्तपुर घटनामा आफू संलग्न नरहेको बताउने गरेको उनका कानुनी सहयोगी गोपाल शिवाकोटी (चिन्तन) बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?