+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

नेपाल प्रहरीका एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १३:११

८ पुस, काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका एसपी रामेश्वर यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेष अदालतको फैसला उल्ट्याउदै यादवलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतले उनीहरुलाई सफाई दिएको थियो । सर्वोच्च अदालतबाट निर्णय हुदा उनी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख थिए ।

२०७० सालमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रहेका बेलामा उनीमाथि अनियमितता गरी मुद्दा मिलाएको भनी भ्रष्टाचारमुद्दा दायर भएको थियो ।

विशेष अदालतले सफाई दिएसँगै उनको बढुवा भएको थियो । सर्वोच्च अदालतले उनीसँगै हवल्दार ढक बहादुर गुरुङलाई पनि दोषी ठहर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?