+
+

१० पुसदेखि टाटाको मेगा सर्भिस क्याम्प 

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते १७:२६

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले १० देखि १२ पुससम्म मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार आफ्नो १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुबाट क्याम्प सञ्चालन हुनेछन् ।

कम्पनीका अनुसार काठमाडौं उपत्यकाका  बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित ग्राहक केन्द्रबाट क्याम्प सञ्चालन हुनेछन् ।  त्यसैगरी उपत्यका बाहिर पोखरा, इटहरी , मेची, बिरगंज , ढल्केबार , हेटौंडा , धनगढी र नेपालगञ्ज ग्राहक सेवा केन्द्रमा क्याम्प सञ्चालन हुनेछन् ।

क्याम्पमा  टाटाका  “पेसेन्जर” श्रेणीका गाडीहरुको प्रभावकारी ढंगले आवश्यक  जाँच गरिने कम्पनीले जनाएको छ। परीक्षण गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं  अन्य सुविधाहरु प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ ।

म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको  खरिदमा क्रमश :  १८, १५ र १८  प्रतिशत छुट लगायत टप वासिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक-अप , ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि नि: शुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । यसको अतिरिक्त यस क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार रुपैयाँ नगद फिर्ताको व्यवस्था रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?