+
+

भाट–भटेनीमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १२:५६

काठमाडौं । भाट–भटेनी सुपरमार्केटमा सामान खरिद गर्दा नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरुले १० प्रतिशत (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्ने भएका छन् ।
क्यासब्याकको अफर नेपाल भरका भाटभटेनीका शाखाहरुमा १० पुसदेखि १० माघसम्म उपलब्ध हुनेछ ।

डायनामिक क्यूआरको रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा जडान भएको नेपाल पे क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्ट आईपीएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

भाटभटेनीमा नेपाल पे क्यूआरको सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो ।

देशको सबै भन्दा ठूलो रिटेल स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?