+
+

रामचन्द्र पौडेलले भने : हाम्रो हातबाट सबैथोक जान्छ कि भन्ने डर छ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १३:४०

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिस्थिति नियन्त्रणबाहिर जान्छ कि भन्ने डर लागेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारको बैठक छाडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भन्दै हिँडेपछि पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।

अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘हाम्रो हातबाट सबैथोक जान्छ कि भन्ने डर छ, के हुन्छ यो देशको अवस्था मलाई चिन्ता छ ।’

कांग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रपति र प्रधानमन्त्री पद कांग्रेसले लिने देउवाको सन्देश आइतबार विहान प्रचण्डलाई सुनाएका थिए । उनले दोस्रो पालोमा प्रधानमन्त्री पद लिन प्रचण्डलाई आग्रह गरेका थिए ।

आइतबार नै बालुवाटारमा बोलाइएको सत्तारुढ गठबन्धनको बैठक पनि रोकिएको छ भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष ओलीसँग संवाद गर्न बालकोटतर्फ गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?