+
+

आठ जना विद्यार्थीबाट सुरु भएको सरस्वती क्याम्पसमा साढे पाँच हजार विद्यार्थी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १६:५६

१० पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सरस्वती बहुमुखी क्याम्पसले ६४ औं वार्षिकोत्सव मनाएको छ ।

क्याम्पस २०१६ साल पुस १० गते स्थापना भएको थियो। आठ जना विद्यार्थी भर्ना गरेर सुरु भएको सरस्वती क्याम्पसमा अहिले साढे पाँच हजार विद्यार्थी अधययनरत रहेको क्याम्पसले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि संस्थापक क्याम्पस प्रमुख तथा त्रिविका पूर्वउपकुलपति डा. शंकरराज पाठकले विदेश पढ्न जाने विद्यार्थी रोक्न नयाँ नयाँ कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए । उनले भने ‘अहिले धेरै विद्यार्थी विदेश पढ्न गईरहेका छन् । त्यसैले क्याम्पसले ती विद्यार्थी लक्षित नयाँ र गुणस्तरीय कार्यक्रम ल्याउनुपर्छ ।’

वार्षिकोत्सवको अवसरमा क्याम्पस प्रमुख डा. गोलमान गुरुङले क्याम्पसको शैक्षिक क्षेत्रमा धेरै प्रगति भएको जिकिर गरे । उनले भने ‘सबै क्षेत्रको सहयोगका कारण सरस्वती क्याम्पसले प्रगति गर्न सफल भएको छ । क्याम्पसको सफलताका लागि प्राध्यापक र विद्यार्थी दुवै पक्षको उत्तिकै मेहनत आवश्यक छ ।’

६४ औं वार्षिकोत्वका अवसरमा क्याम्पसले साताव्‍यापी खेलकुद कार्यक्रमको आयोजना गरेको थियो । क्याम्पसले बास्केटबल, भलिबल, फुटसल चेस, ब्याडमिन्टन, टेबुलटेनिस जस्ता कार्यक्रम आयोजना गरेको छ ।

वार्षिकोत्वका अवसरमा खेलकुदमा बिजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?