+
+

माओवादीबाट नारायणकाजी उपप्रधानमन्त्री बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १०:३३

११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन् । श्रेष्ठले सम्हाल्ने मन्त्रालय भने टुंगिन बाँकी छ ।

बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले भने, ‘चार बजे शपथ छ, हाम्रो पार्टीका तर्फबाट हाम्रो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सरकारमा जानुहुन्छ । उहाँ उपप्रधानमन्त्री हो नै, मन्त्रालय के हुन्छ भन्ने विषयमा ११ बजे छलफल हुन्छ ।’ ११ बजे सत्ता गठबन्धनको बैठक बस्दै छ ।

माओवादीबाट को–को मन्त्री बन्ने भन्ने कुरा पनि टुंगिन बाँकी रहेको महराले बताए ।

माओवादी पदाधिकारी बैठककै बिच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए । कांग्रेसका अन्य नेताले पनि फोन गरेर बधाई दिएको महराले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?