+
+

संसद भवनमा सत्ता गठबन्धनको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १३:१४

११ पुस, काठमाडौं । सत्ता गठबन्धनको बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ । बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, राप्रपा लगायत दलका शीर्ष नेताहरु सहभागी छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव बैठक सुरु भइसकेपछि आएका थिए । बैठकमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रतिनिधि भने देखिएका छैनन् ।

सत्ता साझेदार दलहरुको तर्फबाट सरकारमा कोको सहभागी हुने भन्ने विषयमा छलफल भइरहेको स्रोतले बतायो ।

माओवादी अध्यक्ष प्रचण्डले आज अपराह्न चार बजे शपथ ग्रहण गर्दैछन् । आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने उनको तयारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?