+
+

प्रचण्ड सरकारमा तीन उपप्रधानमन्त्री, गृहमा नारायणकाजी र रविको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १५:३१

११ पुस, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन् ।

सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने सहमति भएको छ ।

स्रोतका अनुसार पौडेल अर्थमन्त्री हुने छन् भने श्रेष्ठ र रविमध्ये कसले गृह लिने भन्ने टुंगिएको छैन । स्रोतका अनुसार श्रेष्ठले परराष्ट्र लिएर रवि गृहमन्त्री बन्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?