+
+

जनकपुर, धनगढी र ललितपुरका शहरमा सिभिल बैंकको डिजिटल सेवा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १६:५३

काठमाडौं । सिभिल बैंक लिमिटेडले जनकपुर, धनगढी, ललितपुर लगायतका शहरमा डिजिटल सेवा सुरु गरेको छ ।

विभिन्न पेशा तथा व्यवसायलाई डिजिटल सेवाको रूपमा विकास गर्ने उदेश्यका साथ बैंकले ती शहरहरुमा डिजिटल सेवा सुरु गरेको बैंकले जनाएको छ । फोनपेसँगको सहकार्यमा ललितपुरमा चल्ने सफा टेम्पोहरूमा डिजिटल सेवा सुरु गरेको बैंकको भनाइ छ । अबदेखि ती टेम्पोहरुमा यात्रा गर्दा सहजै फोनपे क्यूआर मार्फत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । यो अभियान एक वर्ष अगाडि नै बैंकले सुरू गरेको थियो ।

सिभिल बैंकले गत महिना मात्रै सुदूरपश्चिम प्रदेशका धनगढी लगायतका विभिन्न चार स्थानमा चल्ने रिक्साहरूलाई डिजिटल सेवा सुरु गरिएको थियो । ती स्थानहरूमा समेत अबदेखि नगद बोक्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको बैंकको भनाइ छ । यसैगरी महेन्द्रनगर र नेपालगञ्ज क्षेत्रमा चल्ने अटोरिक्सामा पनि डिजिटलाइज सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

सिभिल बैंकले मधेश प्रदेशको जनकपुरमा रहेका रिक्सा, चिया पसल र विभिन्न फलफूलहरुलाई डिजिटलाइज सेवा सुरु गरिसकेको छ । अबदेखि जनकपुर बजारमा समेत नगद बोक्ने झञ्झटबाट मुक्ति मिलेको छ ।

फोनपे, विभिन्न बैंक तथा वित्तीय संस्थाको सक्रियतामा नेपाल सरकार र राष्ट्र बैंकको डिजिटल नेपाल बनाउने अभियान साकार हुँदै गएको बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?