+
+
Shares

हिजोको तुलनामा आज झन् जाडो, भित्रिंदैछ नयाँ प्रणाली

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते ८:२१

१३ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा हिजोको तुलनामा आज झन् जाडो बढेको छ । हिउँदयामको मध्यतिर आइपुगेकाले जाडो अझै बढ्ने अनुमान मौसमविदको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार आज बिहान ५ः४५ बजेको रेकर्ड अनुसार काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । यो हिजोको तुलनामा १ डिग्री कम हो । हिजो काठमाडौंको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस मापन भएको थियो ।

मौसमविद प्रधानाङ्गले भने, ‘तापक्रम घट्दो क्रममा रहेकाले काठमाडौं उपत्यकासहित देशभर चिसो अझै बढ्नेछ ।’

पानी परेको बेला वा बादल लागेको बेला अधिकतम तापक्रम घट्छ भने आकाश सफा भएको बेला न्यूनतम तापक्रम घट्छ । यी दुवै अवस्थामा जाडो बढ्ने मौसमविद प्रधानाङ्ग बताउँछन् ।

अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । केही दिनमै कमजोर प्रकृतिको नयाँ पश्चिमी प्रणाली भित्रिने छ । तर त्यसले खासै प्रभाव नपर्ने मौसमविद बताउँछन् । मौसमविदका अनुसार तत्काल अहिले पानी पर्ने सम्भावना पनि छैन ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पश्चिम तराईका धेरै स्थानहरुका साथै मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ । यो हुस्सु कुहिरो दिउँसोपख हट्दै जानेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?