+
+

नेपालले निर्यात थाल्दा केरुङ नाकामा चीनद्वारा भव्य स्वागत

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते १२:२८

१३ पुस, काठमाडौं । चीनले रसुवागढी नाकाबाट ३१ महिनापछि नेपाली सामान भित्र्याएको छ । नेपालबाट चीनतर्फ मंगलबार भन्सार पास भएर सुख्खा बन्दगाह हुँदै गएका ६ वटा ट्रकलाई बुधबार केरुङमा भव्य कार्यक्रम गरेर चीनले आफ्नो मुलुकमा स्वागत गरेको हो ।

‘केरुङ/सुवागढी नाकाबाट हुने दुईतर्फी व्यापार आजदेखि सुरु भएको छ । नेपाली सामान भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका छन्,’ नेपालस्थित चिनियाँ दूतावासले भनेको छ ‘चीन नेपालको थप सामान निर्यातको प्रतीक्षामा चीन छ ।’

कोभिड महाहारी पछि लामो समय नेपाल चीन नाकामा अवरोध देखिएको थियो । नेपालको आग्रहमा चीनले आफ्नोतर्फबाट वस्तु आयातका लागि कोटा तोकेर एकतर्फी रुपमा नाका सञ्चालनमा ल्याए पनि नेपालबाट हुने निर्यात भने ठप्प थियो ।

केही दिनअघि छोटो सूचना पठाएर चीनले नेपालको रसुवागढी नाकाबाट नेपाल वस्तु आयात गर्न दिने बताएपछि मंगलबार नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको ६ ट्रक नेपाली वस्ता चीनतर्फ निर्यात भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?