+
+

प्रश्नपत्रमा त्रुटि भएपछि बराहक्षेत्रमा नेपाली विषयको परीक्षा रद्द

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते १६:४१

१३ पुस, काठमाडौं । बराहक्षेत्र नगरपालिकाले कक्षा ७ को नेपाली विषयको परीक्षा रद्द गरेको छ ।

विद्यालयहरुले सञ्चालन गरिरहेको दोस्रो त्रैमासिक परीक्षामा सोधिएको नेपाली विषयको प्रश्नपत्रमा त्रुटि भएको सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नगरपालिकाको शिक्षा विभागका उप सचिव देवेन्द्र बहादुर मल्लले परीक्षा रद्द गरेको जनाएका छन् ।

उनले सूचना जारी गर्दै १२ गते सञ्चालन भएको कक्षा ७ को नेपाली विषयको प्रश्नपत्र निर्माण गर्दा गम्भीर त्रुटि भएको पाइएको हुनाले सबै सामुदायिक तथा धार्मिक विद्यालयहरुको परीक्षा रद्द गरिएको जनाएका छन् ।

साथै आगामी दिनमा प्रश्नपत्र निर्माण गर्दा विषय शिक्षकलाई संवेदनशील हुन र विशिष्टीकरण तालिकाको मर्म अनुसार निर्माण गर्न सचेत गराएका छन् ।

हेर्नुस् पश्नपत्र  : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?