+
+

कर छुटको समय सीमा पुस मसान्तसम्म, उपयोग गर्न विभागको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते १७:३५

१३ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० का लागि आर्थिक ऐन २०७९ ले दिएका करसम्बन्धी छुट तथा सुविधा लिने पुस मसान्तसम्म हो । आन्तरिक राजस्व विभागले सो छुट उपयोग गर्न करदातालाई सूचित गरेको छ । विभागले विभिन्न कारणले कर नबुझाएका, छुटेका वा मुद्दा मामिलामा गएका करदातालाई हरेक वर्ष विभिन्न स्किम दिएर कर तिर्न आह्वान गर्दै आएको छ । यस वर्ष दिइएको योजनाको उपयोग गर्न पाइने समत पुस मसान्त हो ।

आर्थिक ऐन/दफा २५ अनुसार करयोग्य कारोबार गरिरहेका र हालसम्म करको दायरामा नआएका व्यक्तिले स्थायी लेखा नम्बर लिएर विगत तीन वर्षको आय विवरण र कर २०७९ पुस मसान्तसम्म बुझाएमा त्यस अघिको कर, शुल्क र व्याज मिन्हा पाउने विभागले जनाएको छ ।

यस्तै आर्थिक ऐन/दफा २६ अनुसार संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) करदाताहरुले २०७८ चैत्र मसान्त सम्मको मूल्य अभिवृद्धि कर विवरण वा विवरण अनुसारको कर बुझाउन बाँकी भएको भए बुझाउन बाँकी विवरण, कर र व्याजको ५० प्रतिशत रकम २०७९ पौष मसान्तसम्म बुझाएमा बाँकी व्याज, थप दस्तुर र जरिवाना छुट पाउने छन् भने आर्थिक ऐन/दफा २७ अनुसार अन्तःशुल्क इजाजतपत्रवालाले २०७८ चैत्र मसान्त सम्मको विवरण वा विवरण अनुसारको अन्तःशुल्क बुझाउन बाँकी भएको भए बुझाउन बाँकी विवरण, अन्तःशुल्क र विलम्ब शुल्कको ५० प्रतिशत रकम २०७९ पौष मसान्तसम्म बुझाएमा जरिवाना र बाँकी विलम्ब शुल्क छुट पाउने विभागले जनाएको छ ।

विभागका अनुसार आर्थिक ऐन/दफा २८ अनुसार अन्तःशुल्क इजाजतपत्रवाला उद्योगले १५ वर्ष भन्दा पुराना कट्टाको लागि २०७९ पुस मसान्तसम्म निवेदन दिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?