+
+

‘अवतार २’ बन्यो छिटो १ अर्ब डलर कमाउने फिल्म, १४ दिनमै उपलब्धि हासिल

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते ११:३९

काठमाडौं । ‘अवतार : द वे अफ वाटर’ले १४ दिनमा विश्वव्यापी एक अर्ब डलर (एक बिलियन) व्यापार गरेको छ, जुन यस वर्ष छिटो उक्त कोसेढुंगा पार गर्ने फिल्म समेत बनेको छ ।

वर्ष २०२२ मा रिलिज भएका तीन फिल्मले मात्र एक अर्ब डलरको आँकडा पार गर्न सकेका छन्, जसमा ‘टपगन : माभेरिक’ (३१ दिनमा), ‘जुरासिक वल्र्ड डोमिनियन’ले (चार महिना)मा उक्त सफलता हासिल गरे ।

सन् २०१९ मा रिलिज भएका नौ फिल्मले मात्र विश्व बक्स अफिसमा एक बिलियन डलर कमाइ गरेका थिए ।

सन् २०२१ को ‘स्पाइडरम्यान : नो वे होम’ले १२ दिनमै उक्त आँकडा हासिल गरेको थियो । हलिउड इतिहासमा जम्मा ६ फिल्मले मात्रै रिलिजको पहिलो दुई हप्तामा एक अर्ब डलर कमाइ गरेका छन् ।

१३ वर्षको लामो अन्तरालपछि रिलिज भएको जेम्स क्यामरुनको ‘अवतार २’ले उत्तरअमेरिकामा १३४ मिलियन डलर र विश्वव्यापी रूपमा ४३५ मिलियन डलरसहित मध्य डिसेम्बरमा ओपनिङ गरेको थियो ।

हालसम्म डिज्ने र ट्वेन्टिथ सेन्चुरी फक्सका फिल्मले उत्तरअमेरिकामा ३१७.१ मिलियन र विदेशमा ७१२.७ मिलियन डलर कमाएका छन्, जसको विश्वव्यापी कुल कमाइ १.०२५ बिलियन डलर पुग्छ ।

यस वर्ष दोस्रो धेरै कमाउने फिल्म चाहिं ‘जुरासिक वर्ल्ड डोमिनियन’ बन्यो, जुन कोरोना महामारीपछि तेस्रो धेरै कमाउने फिल्म बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?