+
+

गण्डकी प्रदेश सभा सचिवालयमा दीपक मनाङे दोषी ठहर भएको फैसला कसले पठायो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १२:२६

१४ पुस, पोखरा । गण्डकी प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलको टेबुलमा बिहीबार एक जना अपरिचित व्यक्ति आएर एउटा खाम छोडेर फर्किए । उनी को हुन् र त्यो खामभित्र के छ भनेर कसैले सोधपुछ गरेन ।

उनी फर्किसकेपछि खाम खोलेर हेर्दा त्यसभित्र गण्डकी प्रदेश सभा सदस्य एवम् युवा तथा खेलकुदमन्त्री राजीव गुरूङ (दीपक मनाङे) ज्यान मुद्दामा दोषी ठहर हुँदाको पुरानो फैसला थियो । २०६९ सालमा उनी ज्यान मार्ने उद्योगमा अदालतबाट दोषी ठहर भएका थिए । त्यही फैसलाको कागजात बेनामे खामबन्दीबाट संसद सचिवालयमा पुगेको हो ।

संसद सचिवालयका सचिव हरिराज पोखरेलले अज्ञात व्यक्तिले छाडेर गएको खामभित्र मनाङे दोषी ठहर हुँदाको अदालतको फैसला रहेको पुष्टि गरे । पोखरेलले अनलाइनखबरसँग भने, ‘एकजना मान्छे आएर मेरो टेबुलमा खाम राखेर गइहाल्यो, ऊ को हो केही भनेन । त्यसभित्र अदालतको फैसला थियो । तर मेरोमा उजुरी भने छैन ।’

कानुन अनुुसार फौजदारी अभियोग लागेको र अदालतबाट दोषी ठहर भइ सजाय भोगेको दुई वर्ष नपुगेको व्यक्ति प्रदेश सभाको सांसद बन्न पाउँदैन ।

अब मनाङेको हकमा के हुन्छ भन्ने चासो छ । तर प्रदेश सभा सचिव पोखरेलका अनुसार मनाङेले २०७४ मै चुनाव लडेर, शपथ ग्रहण गरेर मन्त्री समेत बनिसकेकाले उनको हकमा उक्त फैसलाले केही असर गर्दैन । ‘२०७४ मा पनि शपथ लिइसकेकाले अहिले त्यो फैसला संसद सचिवालयमा पठाउनुको कुनै अर्थ छैन,’ पोखरेलले भने ।

मनाङेले २०७४ मा मनाङबाट एमालेको समर्थनमा स्वतन्त्र चुनाव लडेर प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि उनी युवा तथा खेलकुद मन्त्रीसमेत बने । २०७९ को प्रदेश सभा सदस्य निर्वाचनमा पनि उनी मनाङबाट स्वतन्त्र निर्वाचित भए । पछि उनी काठमाडौंको एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

२०६९ मा ज्यान मार्ने मुद्दामा भएको फैसला अनुसार मनाङेविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । मनाङे फरार थिए । पछि उनले अदालतमा आत्मसमर्पण गरेर करिब आठ महिना कैद सजायँ भोगेका थिए । पछि सर्वाेच्चको फैसलाले उनले शपथ ग्रहण गरेर गण्डकीमा तीन पटक खेलकुद मन्त्री भइसकेका छन् । तर उनी दोषी ठहर हुँदाको फैसला हिजो प्रदेश सभा सचिवालयमा कसले र किन पठायो भन्ने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?