+
+

२२ औं आहा रारा पोखरा गोल्डकपमा धरानको विजयी सुरुवात, आयोजक सहारा बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १६:५५

१४ पुस, पोखरा । २२ औं आहा-रारा पोखरा गोल्डकपमा धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा भएको खेलमा धरानले आयोजक सहारा क्लबलाई १–० ले हराएको हो ।

धरानलाई जिताउन प्रकाश बुढाथोकीले खेलको चौंथो मिनेटमै गरेको गोल नै निर्णायक भयो ।

धरानले डिबक्स क्षेत्र नजिकै फ्रिकिक पाएको थियो । उक्त अवसरलाई सदुपयोग गर्दै बुढाथोकीले गोल गरेका हुन् ।

११ वर्षपछि आयोजकसँग बदला

आहारारा गोल्डकपमा आयोजक सहारा र धरान फुटबल क्लब बिहीबारको भिडन्तसँगै तेस्रो पटक मैदानमा आमनेसामने भएका हुन् । यसअघिका २ खेलमा धरान आयोजक सहारासँग पराजित भएको थियो । अन्तिम पटक यी दुई टोलीबीच २०६८ मा प्रतिस्पर्धा भएको थिए ।

दशौं आहा रारा गोल्डकपको उक्त खेलमा सहाराले १–० ले धरानलाई पराजित गरेको थियो । त्यसको अघिल्लो नवौं संस्करणको पहिलो खेलमा पनि आयोजक सहाराले धरानलाई २–१ ले पराजित गरेको थियो ।

त्यसको बदला लिँदै धरानले बिहीबार भएको आहा रारा पोखरा गोल्डकपको २२ औं संस्करणको उद्घाटन खेलमा आयोजकलाई हरायो ।

खेलको दोस्रो हाफमा धरानमाथि दबाब बनाए पनि गोल चुमाउन नसक्दा आयोजक पहिलो खेलबाटै बाहिरिनु परेको छ ।

२२ औं संस्करणको आहा रारा गोल्डकपको शुक्रबार हुने दोस्रो खेलमा नेपाल पुलिस क्बल र चर्च ब्वाइज युनाइटेड फुटबल क्लबबीच पोखरा रंगशालामा हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?