+
+

मापदण्ड विपरीत खटिएका १९४ सुरक्षाकर्मी फिर्ता : गृहमन्त्रीको सचिवालय

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १८:२३

१४ पुस, काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि पूर्वकर्मचारी र सुरक्षाकर्मी कहाँ मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालिएका छन् ।

बिहीबारसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी गरी जम्मा १९४ सुरक्षाकर्मी प्रहरी/सशस्त्र प्रहरी प्रधान कार्यालय, नक्सालमा हाजिर गराइएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीमा मापदण्ड विपरीत भए फिर्ता गर्न भनेको थियो । त्यसअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कर्मचारी र सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा मापदण्ड विपरित खटिएका प्रहरीलाई फिर्ता गरेको हो ।

राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरुले पनि मापदण्ड विपरित सुरक्षाकर्मी राखेका छन् । तर, मन्त्रालयले उनीहरुको हकमा केही बोलेको छैन ।

केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला नेताहरुको सुरक्षामा मापदण्ड विपरित खटिएकालाई पनि फिर्ता बोलाउने निर्णय भएको थियो । त्यही अनुसार हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा खोसिएपछि उनले आफ्नो सुरक्षामा जनमुक्ति सेना राखेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सुरक्षाकर्मी कम भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?