+
+

क्यूएफएक्स निर्णयको साइड-इफेक्ट : अन्य मल्टिप्लेक्स पनि छलफलमा जुट्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते १२:२०

काठमाडौं । मल्टिप्लेक्स चेन क्यूएफएक्सले फागुन १९ मा ‘छक्कापञ्जा ४’ मात्र प्रदर्शन गर्ने निर्णय गरेपछि नेपाली फिल्म क्षेत्रमा तरंग सिर्जना भएको छ । क्यूएफएक्सको निर्णयलाई कतिपय वितरक र निर्माताले ‘सिन्डिकेट’ लाद्न खोजिएको बताएका छन् भने प्रदर्शक समर्थनमा छन् ।

एउटा मितिमा एक मात्र ठूलो नेपाली फिल्म प्रदर्शन गर्ने क्यूएफएक्स योजनापछि अन्य मल्टिप्लेक्सका सञ्चालक पनि छलफलमा जुट्दैछन् । सम्भवतः बिग, आईएनआईसहितका ठूला मल्टिप्लेक्सले यसबारेमा सम्भवतः आफ्नो धारणा सार्वजनिक गर्ने बुझिएको छ ।

क्यूएफएक्सको घोषणापछि सबैभन्दा प्रभाव चाहिं ‘छड्के २’लाई पर्ने देखिएको छ । अनमोल केसी स्टारर फिल्म छड्केको दोस्रो श्रृंखलाको बजेट पनि तीन करोडमाथि भएको बताइएको छ ।

यस्तोमा ‘छड्के २’का वितरक सुनिल मानन्धरले क्यूएफएक्समा रिलिज नभए पनि जसरी पनि फिल्मलाई पूर्वनिर्धारित मितिमा रिलिज गरिने बताएका छन् । ‘क्यूएफएक्समा रिलिज होस् या नहोस्, रिलिज निर्धारित मितिमै हुन्छ,’ उनले भने ।

फिल्मलाई निर्धारित मितिमै ल्याउन निर्माताले पनि सहमति दिइसकेको कुरा वितरक मानन्धरले बताए । तर अन्य मल्टिप्लेक्स क्यूएफएक्सको निर्णयलाई पछ्याउने निर्णय गरे भने ‘छड्के २’लाई दबाब पर्ने देखिन्छ । किनभने अन्य मल्टिप्लेक्सले पनि आजभोलिमै यसबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

स्रोतका अनुसार चलचित्र संघको हालैको राष्ट्रिय भेलामा पनि एउटा मितिमा एउटा मात्र ठूलो फिल्म प्रदर्शन गर्नेबारे छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?