+
+

एनसीएचएल ‘द एचएमआर अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२’ बाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते १३:३९

काठमाडौं । कर्पोरेट क्लब नेपालले आयोजना गरेको ‘द एचएमआर अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२’ को फिनटेक विधामा नेपाल क्लियरिङ हाउसलाई अवार्ड प्रदान गरिएको छ । १४ पुसमा आयोजित अवार्ड समारोहमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट, संस्थाहरुलाई अवार्ड प्रदान गरिएको जनाएको छ ।

डिजिटल रुपान्तरणका लागि उल्लेखनीय भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पुर्‍याउँदै आएको योगदान तथा यसका निम्ति संस्थागत रुपमा एनसीएचएलले अपनाएका परिणाममूखी अभ्यासहरुको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरिएको हो ।

भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरिङ, अन्तरबैंक विद्युतीय भुक्तानी, कनेक्ट आईपीएस, कनेक्ट आरटीजीएस, नेशनल पेमेन्ट इन्टरफेस, कर्पोरेट–पे, र रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–पे क्युआर लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरी डिजिटल पेमेन्टको सेवा पुर्‍याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?