+
+
Shares

सिटिटेकको ‘गेटपे’ प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सहकार्य

बैंक तथा वित्तीय संस्थाहरूलाई एकै स्थानमा सबै भुक्तानी व्यवस्थापन गर्न मद्दत गर्ने गरी माछापुच्छ्रे बैंकमा गेटपे कार्यान्वयनमा ल्याइएको सिटिटेकले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १४ गते १७:४६

काठमाडौं । सिटिटेक ग्रुप प्रालिले नेपालको पहिलो ‘एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्वेयर’ (गेटपे) लाई नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा माछापुच्छ्रे बैंकमा सफल भुक्तानी व्यवस्थापन सुरु गरेको छ ।

सिटिटेक ग्रुपले डिजिटल भुक्तानी प्रणालीमा परिवर्तन गर्दै हालसम्म फिन–प्रो र फिन–पस जस्तो नवीनतम सफफ्टवेयर ल्याइसकेको छ । बैंक र वित्तीय संस्थालाई भुक्तानी व्यवस्थापन गर्न सजिलो बनाउने गरी सिटिटेकले यो प्लेटफर्म विकास गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरूलाई एकै स्थानमा सबै भुक्तानी व्यवस्थापन गर्न मद्दत गर्ने गरी माछापुच्छ्रे बैंकमा गेटपे कार्यान्वयनमा ल्याइएको सिटिटेकले जनाएको छ ।

यो सेवा प्रयोग गर्दा व्यापारिक संस्थाहरूले आफ्ना सबै कारोबारहरू एकै ठाउँमा प्राप्त गर्न सक्ने जनाइएको छ । सिटीटेकका अनुसार गेटपे सेवाले भुक्तानी, हिसाब र व्यापारीहरूको गतिविधि एकै ठाउँबाट हेर्न सजिलो बनाउने छ ।

गेटपे प्रयोगमा ल्याएपछि व्यापारीहरूले सबै भुक्तानी एकै ठाउँबाट हेर्न र व्यवस्थापन गर्न सक्नेछन् । यसले काम छिटो र सजिलो बनाइ खर्च घटाउने र सबैलाई डिजिटल भुक्तानीको अनुभव राम्रो बनाउने छ ।

यो सेवाले नेपालको डिजिटल भुक्तानी प्रणाली थप बलियो बनाउने सिटीटेकको अपेक्षा छ । कम्पनीका अनुसार गेटपेले काम सजिलो बनाउनुका साथै भुक्तानीको जानकारी पनि दिन्छ भने सही निर्णय लिन मद्दत गर्ने छ ।

‘नेपाली बैंकहरूको एकीकृत भुक्तानी प्रणाली सशक्त बनाउने नवीनतम प्रविधि प्रदान गर्ने दिशामा ऐतिहासिक नयाँ पाइला चालेका छौं,’ सिटिटेकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साजन शर्माले भने, ‘आगामी दिनमा नेपालका बैंक तथा वित्तीय संस्थाहरूको भुक्तानी व्यस्थापन तथा सञ्चालनमा हाम्रो संस्थाका तर्फबाट अझै उलेख्य योगदान हुने विश्वास दिलाउछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?