+
+

न्यूनतम साझा कार्यक्रमको प्राथमिकता : अर्थतन्त्रको सबलीकरण र सुशासन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते १९:२९

१५ पुस, काठमाडौं । सत्ता साझेदार दलहरुले सबै दलको घोषणापत्र हेरेर साझा न्युनतम कार्यक्रम तय गर्ने भएका छन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वको संयन्त्रको शुक्रबार बसेको बैठकले अर्थतन्त्रको सबलीकरण र सुशासनमा जोड दिँदै न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको हो ।

संयन्त्रमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालका अनुसार संयन्त्रको बैठक आइतबार पुनः बस्नेछ । आइतबारको बैठकमा सबै दलका तर्फबाट न्यूनतम साझा कार्यक्रममा समेटिनुपर्ने विषयहरु प्रस्तुत हुनेछन् । त्यसका आधारमा न्यूनतम साझा कार्यक्रम तय गरिनेछ ।

‘सबै दलले आ–आफ्ना घोषणापत्र हेरेर आफ्नो तर्फबाट विषयवस्तु प्रस्तुत गर्नेछन् । त्यस आधारमा अर्थतन्त्रको सबलीकरण र सुशासनमा जोड दिँदै न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय भएको छ’ ढकालले अनलाइनखबरसित भने ।

संयन्त्रमा संयोजकका रुपमा एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधान तथा अर्थमन्त्री पौडेल छन् । बाँकी सदस्यहरुमा माओवादीका उपमहासचिव वर्षमान पुन, रास्वपाका महामन्त्री मुकुल ढकाल, राप्रपाका महामन्त्री धवलशमशेर जबरा छन् ।

न्यूनतम साझा कार्यक्रम तय गर्न संयन्त्रलाई पाँच दिनको समय दिइएको छ । संयन्त्रले शुक्रबारदेखि काम सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?