+
+

एमालेको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा लीला गिरी चयन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १७:२०

१७ पुस, बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन भएका छन ।

दाङको देउखुरीमा आइतबार पार्टीका महासचिव शंकर पोखरेल, सचिव छबिलाल विश्वकर्मालगायतको उपस्थितिमा बसेको दलको बैठकले रुपन्देही क्षेत्र न २(१) बाट निर्वाचित गिरीलाई नेता चयन गरेको हो ।

यसअघि महासचिव पोखरेलको निवासमा भएको छलफलमा नेताहरू बीच गिरीलाई संसदीय दलको नेता बनाउने सहमति जुटेको स्रोतको भनाइ छ । संसदीय दलको नेतामा लीला गिरीसँगै चेतनारायण आचार्य पनि आकांक्षी थिए ।

अब एमाले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन् । महासचिव पोखरेलले लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?