+
+

नर्भिक अस्पतालले सुरू गर्‍यो मिर्गौला प्रत्यारोपण सेवा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते १३:५९

१८ पुस, काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ । नेपाल सरकार अंग प्रत्यारोपण समन्वय समितिले अस्पताललाई मिर्गौला प्रत्यारोपणको अनुमति दिएसँगै अस्पतालले सेवा सुरु गरेको हो ।

मिर्गौला रोग भएकाहरुका लागि निरन्तर उपचार गर्दै आइरहेको हस्पिटलले आवश्यक मापदण्ड पुरा गरी मिर्गौला प्रत्यारोपण अनुमतिका लागि आवेदन दिएको थियो । हालसम्म दुई जना बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको हस्पिटलले जानकारी दिएको छ ।
मिर्गौला फेल भई उपचार गराइरहेका ६६ र ५६ वर्षीय पुरुषको मिर्गौला प्रत्यारोपण गरिएको हस्पिटलले जनाएको छ ।

हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले अगामी दिनमा प्रत्यारोपण सेवालाई विस्तार गर्दै लैजाने बताए । ‘हामीले दुई वटा बिरामीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक गरेका छौं । अझै ५–६ वटा पाइप लाइनमा छन्,’ मिश्रले भने, ‘सरकारी अस्पताललमा मिर्गौला प्रत्यारोपणका लागि पालो कुर्नुे पर्ने बाध्यतालाई हामीले केही हदसम्म अब न्यून गर्छ ।’

हपिस्टलका चिकित्सक डा. राकेश बर्मा र डा. आर.के. अग्रवालको नेतृत्वको विज्ञ तथा सल्लाहकारहरुको टिमले मिर्गौला प्रत्यारोपण सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?