+
+

सनराइज बैंकले सुरु गर्‍यो जुम्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते १९:२५

काठमाडौं । सनराइज बैंकले जुम्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ । उद्योग वाणिज्य भवन जुम्लामा १४ पुसमा आयोजित कार्यक्रममा १२० जना विद्यार्थी र स्थानीयबासीको सहभागिता रहेको बैंकले जनाएको छ ।

बैंकका कार्ड तथा ई-बैंकिङ प्रमुख मनोज धिमिरे, ब्राण्ड व्यवस्थापन तथा सीएसआर प्रमुख सुमन थापा र जुम्ला शाखा प्रमुख खडकप्रसाद देवकोटाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्युतीय भुक्तानी कारोबारलाई थप प्रबर्द्धन र प्रोत्साहन गर्न डिजिटल साक्षरता कार्यक्रमको सुरुवात जुम्लाबाट गरेको बैंकले जनाएको छ ।

डेबिट/क्रेडिट कार्ड, मोबाइल बै‌किङ, मिस्ड कल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी लगायतका बैंकिङ उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानीका लागि प्रोत्साहान गर्नेबारे जानकारी गराइएको बैंकको भनाइ छ ।

बैंकका अनुसार वित्तीय साक्षरताको अभावमा ग्राहकहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुच पुगोस् भनेर देशव्यापी साक्षरता कार्यक्रम गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?