+
+

मधेश प्रदेशका उद्योगको उत्पादन क्षमता ५९.१६ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते २०:०९

१८ पुस, काठमाडौं । सरकारी अध्ययनले मधेश प्रदेशमा उद्योगहरुको उपयोग क्षमता बढेको देखाएको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेश प्रदेशको आर्थिक गतिविधि सम्बन्धी प्रतिवेदनले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष सो प्रदेशमा उद्योगहरुको क्षमता उपयोग वृद्धि भएको उल्लेख छ ।

प्रदेशमा सञ्चालित उद्योगहरुको क्षमता उपयोग आर्थिक वर्ष (आव) २०७७/७८ मा भन्दा आव २०७८/७९ मा १० प्रतिशतले बढेर ५९.१६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष मधेश प्रदेशका उद्योगहरुको औसत उपयोग क्षमता ४९.७६ प्रतिशत थियो ।

आव २०७७/७८ मा भन्दा गत वर्ष फेब्रिकेटेड धातुको सामान उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ९४.७२ प्रतिशत र कागज उद्योगले सबैभन्दा कम १०.७९ प्रतिशत क्षमता उपयोग गरेको केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ ।

आव २०७८/७९ मा लत्ताकपडा उद्योगले सबैभन्दा बढी ८४.७० प्रतिशत र कागज उद्योगले सबैभन्दा कम ४.६८ प्रतिशत क्षमता उपयोग गरेको पाइको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वनस्पती घिउ तथा तेल, लत्ता कपडा र अन्य खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोगमा क्रमशः ५.२९ प्रतिशत, १४.७६ प्रतिशत र २८.३५ प्रतिशतले ह्रास आएको देखाएको छ । बाँकी अन्य उद्योगहरुको क्षमता उपयोगमा वृद्धि भएको छ ।

धेरै क्षमता उपयोगमा वृद्धि गर्ने ५ वटा उद्योगहरुमा सुर्तीजन्य वस्तु, छाला तथा छालाको सामान, अन्न तथा पशु दाना, फेब्रिकेटेड धातुका सामान र धातुका उपकरण उत्पादन गर्ने उद्योगहरु रहेको अध्ययनमा जनाइएको छ ।

कोरोना संक्रमणका समयमा कम क्षमतामा सञ्चालनमा रहेका उद्योगहरू आर्थिक गतिविधिको अवस्था सुधारसँगै क्षमता अनुरुप चल्न थालेको, कच्चा पदार्थहरूको आपूर्ति सहज रहेको तथा ढुवानी यातायात आदि चलायमान भइसकेकाले आगामी आर्थिक वर्षमा औद्योगिक गतिविधि विस्तार हुने र औद्योगिक उत्पादन बढ्न सक्ने प्रतिवेदनमा भनिएको छ ।

जसका कारण प्रदेशभित्र सञ्चालित चिनी, पेय पदार्थ, कागज, फलामको छड, औषधिजन्य वस्तु उत्पादन गर्ने उद्योगहरूको क्षमता उपयोगको अवस्था विगतको तुलनामा सुधार आएकाले औद्योगिक उत्पादन बढ्ने अनुमान राष्ट्र बैंको छ । तर, बैंकिङ क्षेत्रमा लगानीयोग्य रकमको कमीले आगामी दिनमा बैंक कर्जा विस्तार हुन नसकी औद्योगिक क्षेत्रमा जाने कर्जा सहज नभए

औद्योगिक उत्पादन प्रभावित हुन सक्ने आशंका पनि प्रतिवेदनमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?