
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ५ वटा उद्योग स्थलगत अध्ययन प्रतिवेदन पेस गरेको छ।
- प्रतिवेदनमा बाके, बर्दिया, सुर्खेत, रुपन्देही, दाङ, नवलपरासी, मकवानपुर, धनुषा, झापा, मोरङ, सुनसरी, उदयपुर, बारा र पर्साका उद्योगहरुको अध्ययन समावेश छ।
- उपसमितिहरुले उद्योग तथा भन्सार कार्यालयको अनुगमन प्रतिवेदन समेत समितिमा पेस गरेका छन्।
२३ साउन, काठमाडौं। देशका विभिन्न जिल्ला पुगेर उद्योगहरुको स्थलगत अध्ययन गरि तयार छुट्टाछुट्टै ५ वटा प्रतिवेदन संसदीय समितिमा पेस भएको छ ।
शुक्रबार प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा प्रतिवेदनहरु पेस भएको हो ।
समिति अन्तरगत गठित उपसमितिहरुले अनुगमन प्रतिवेदन पेस गरेका हुन्। जसमा बाके, बर्दिया र सुर्खेतको स्थलगत अध्ययन छ । रुपन्देही, दाङ, नवलपरासी बर्दघाट सुस्तापुर्व र बर्दघाट सुस्ता पश्चिमको उद्योगहरुको स्थलगत प्रतिवेदन अर्को रहेको छ ।
मकवानपुर र धनुषाको स्थलगत अनुगमन तथा अन्तरक्रिया प्रतिवेदन, झापा, मोरङ, सुनसरी र उदयपुरको स्थलगत अनुगमन प्रतिवेदन पनि पेस भएको छ । बारा, पर्सा र मकवानपुरको उद्योग तथा भन्सार कार्यालयको अनुगमन प्रतिवेदन समितिमा पेस भएको छ ।
प्रतिक्रिया 4