+
+

सुदूरपश्चिममा कांग्रेसले संसदीय दलको नेताका छान्न छलफल गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १०:५६

१९ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसले प्रदेश पदाधिकारीको बैठक बोलाएको छ ।

मंगलबार बिहान धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा पदाधिकारी बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

कांग्रेस सुदूरपश्चिमका महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य मेघराज खड्काले संसदीय दलको नेता चयनको विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए ।

कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर प्रदेश बाहिर भएकाले बैठक उपसभापति लोकराज अवस्थीको अध्यक्षतामा बस्ने खड्काले बताए ।

बैठकमा कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्यहरुलाई समेत बोलाइएको छ । मंसिर ४ मा सम्पन्न भएको निर्वाचनबाट १९ सिटसहित सुदूरपश्चिम प्रदेश सभामा पहिलो दल बनेको कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने एमाले, माओवादीलगायतका अन्य पाँच दलले भने दलको नेता यसअघि नै चयन गरिसकेका छन् ।

कांग्रेस संसदीय दलको नेता चयनका लागि प्रदेश कार्य समितिले निर्वाचन समिति गठन गर्ने र त्यसपछि मात्र प्रक्रिया अघि बढ्ने बताइएको छ ।

कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, कमल शाह र पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा आकांक्षी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?